अष्ट्रेलियाको मेलबर्नमा पुनः लकडाउन

Newslaya Home

अष्ट्रेलियाको मेलबर्नमा पुनः लकडाउन

बुधबार १७, असार २०७७

काठमाण्डौ । अष्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबर्नमा एकपटक पुनः लकडाउन गर्ने सरकारले निर्णय लिएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार बुधबार राती १२ बजेखेखि यो लकडाउन लागू हुनेछ । मेलबर्नमा लकडाउनको निर्णय यस्तो समयमा लिइएको हो जब अष्ट्रेलियाका अन्य ठूला शहर र देशका अन्य भागमा नाटकीय रुपमा अधिकांश प्रतिबन्ध हटाइएको छ ।

मेलबर्नमा बस्ने करिब तीन लाख २० हजार जनतालाई अत्यावश्यक काम पर्दा मात्रै बाहिर निस्कन आग्रह गर्दै घरमै बस्न अपिल गरेका छन् । चार हप्ताका लागि यो लकडाउन लागू हुने जनाइएको छ । ।

मेलबर्न जाने सबै फ्लाइट पनि रद्द गरिएको छ र शहरमा अनावश्यक घुमेको अवस्थामा पक्राउ परे जरिवानाको प्रावधान पनि राखिएको छ । सरकारी आँकडाका अनुसार अष्ट्रेलियामा अहिलेसम्म ७ हजार ९ सय कोरोना संक्रमित भेटिएका छन् भने १०४ जनाको मृत्यु भइसकेको छ ।