नहरमा डुबेर एक सशस्त्र प्रहरी जवानको मृत्यु

Newslaya Home

नहरमा डुबेर एक सशस्त्र प्रहरी जवानको मृत्यु

बुधबार १७, असार २०७७

लहान । सिरहा नगरपालिका–१४ खिरौनास्थित नहरमा डुबेर सशस्त्र पोष्ट माडर सिरहामा कार्यरत एक सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ ।

महोत्तरीकने सोनबा गाउँपालिका–३ निवासी सशस्त्र प्रहरी जवान २३ वर्षीय मनोहरकुमार यादव नहरको पानीमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।