तरहराकी २० वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि

Newslaya Home

तरहराकी २० वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि

बुधबार १७, असार २०७७

इटहरी । इटहरी उपमहानगरपालिका–२० तरहराकी एक महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणको क्रममा तरहराकी २० वर्षीया महिलामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको हो ।

उनी दिन अघि भारतको बेङ्गलोरबाट आएर होम क्वारेनटाइनमा बस्दै आएकी थिइन् । असार १२ गते विपि प्रतिष्ठानमा स्वाब परिक्षण गरिएको इटहरी अस्पतालका इमरजेन्सी इन्चार्ज रामकुमार धमलाकाले बताए ।

ती महिलामा संक्रमण देखिएसंगै थप उपचारका लागि वीपी प्रतिष्ठान धरान लाने तयारी भईरहेको र उनको परिवारका सबै सदस्य तथा सम्पर्कमा आएकोहरुको पिसिआर परिक्षण भईरहेको इटहरीकी उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन् ।