आइजिपीको भाषण चलिरहँदा हिरासतभित्र एक युवकले गरे आत्महत्या

Newslaya Home

आइजिपीको भाषण चलिरहँदा हिरासतभित्र एक युवकले गरे आत्महत्या

बुधबार १७, असार २०७७

काठमाडौं । जावलाखेलस्थित महानगरीय प्रहरी परिसर ललितपुरमा ब्यारेक भवन उद्घाटन गर्ने कार्यक्रम चलिरहेको बेला हिरासतमा रहेका एक युवकले आत्महत्या गरेका छन् ।

शारिरीक अपाङ्गता भएकी महिलालाई जबरजस्ती करणीको मुद्दामा असार १४ गते पक्राउ परेका सिराहको औराहीका २४ वर्षीय दुर्गेस यादवले बुधबार बिहान आत्महत्या गरेका हुन् ।

जावलाखेलस्थित महानगरीय प्रहरी परिसर ललितपुरको भवन उद्घाटन कार्यक्रमकै बेला उनले हिरासत कक्षको तन्ना झ्यालमा बाँधेरआत्महत्या गरेको प्ररहीले जनाएको छ । 

४ तल्ले भवनको उद्घाटन गरेर कार्यक्रमका प्रमुख अतिथि प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले मन्तव्य राखिरहँदा भित्र प्रहरीको हिरासत कक्षमा दुर्गेसले आत्महत्या गरेका जनाइएको छ ।
प्रहरी महानिरीक्षक सहभागी कार्यक्रममा ३ जना एआइजी, डिआइजीलगायत उच्च प्रहरी अधिकारी उपस्थित थिए ।