सुनसरीको थलाहा खोलामा बेपत्ता भएका एक व्यक्ति मृत फेला

Newslaya Home

सुनसरीको थलाहा खोलामा बेपत्ता भएका एक व्यक्ति मृत फेला

बुधबार १७, असार २०७७

सुनसरी । सुनसरीको गढी गाउँपालिका–२ पानीट्याङकी छेउबाट थलाहा खोलामा हाम फाली बेपत्ता भएका एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

असार १४ गते बिहान बेपत्ता भएका गढी–२ मुसहरी टोलका ४२ बर्षीय बब्लु भनिने बलराम ऋषिदेव मंगलबार बिहान मृत अवस्थामा फेला हुन् ।

ऋषिदेवलाई खोजतलास गर्ने क्रममा हाम फालेको स्थान भन्दा करिव २ किलोमिटर दक्षिण सोही खोलामा जीलेवीको रुखमा अड्किरहेको अवस्थामा मृत फेला पारेको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।
मृतकको कानूनी प्रकृया पुरा गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।