कम्मर दुखाई, पखाला र बान्ता पनि कोरोनाको लक्षण

Newslaya Home

कम्मर दुखाई, पखाला र बान्ता पनि कोरोनाको लक्षण

बुधबार १७, असार २०७७

काठमाडौँ। हालसम्म कोरोना भाइरसको नौ वटा लक्षणहरु मानिँदै आइएको थियो । तर, विश्वभर नयाँ स्वरुपमा फैलिरहेको यस भाइरसको थप तीन लक्षणहरु पत्ता लागेको छ। रुघा, खोकी, बान्ता र पखाला बाहेक कम्मर दुख्ने पनि कोरोनाको लक्षण हुन सक्ने जानकारी दिइएको छ ।

कम्मर, पेट, पिडुला र दाँत दुखाइ पनि कोरोना भाइरसको लक्षण हुन सक्ने वरिष्ठ भारतीय डाक्टर जलील पारकरले बताएका छन्। डाक्टर पारकरले अहिले सम्म २०० विरामीको उपचार गरिसकेका छन्।

उनको अनुसार पछिल्लो केहि बिरामीमा यस्ता लक्षण देखिएका कारण कम्मर दुखाई, पखाला र बान्ता पनि कोरोनाको लक्षण हुन सक्ने बताएका छन्।