इरानमा बम बिष्फोट, १९ जनाको मृत्यु

Newslaya Home

इरानमा बम बिष्फोट, १९ जनाको मृत्यु

बुधबार १७, असार २०७७

काठमाडौं । इरानको राजधानी तेहरानमा बम बिस्फोट हुँदा १९ जनाको मृत्यु भएको छ । तेहरानको एक क्लिनिकमा भएको घटनामा केही घाइते भएको जनाइएको छ ।

बिस्फोटको समयमा अधिकांश बिरामीहरु शल्यक्रिया गरिरहेको बुझिएको छ । बिस्फोटका क्रममा बिरामी र कुरुवाबीच भागदौड मच्चिएको थियो । दुइतले सो क्लिनिकमा दोश्रो तल्लामा बिस्फोट भएको हो ।

घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । मारिनेमा अधिकांश महिला रहेका छन् ।