सुनको मुल्यमा बृद्धी

Newslaya Home

सुनको मुल्यमा बृद्धी

बुधबार १७, असार २०७७

काठमाण्डौ । बुधवार (आज) सुनको मुल्यमा बृद्धी भएको छ । सुनको मूल्यमा आज ५ सयले बढेर नयाँ रेकर्ड कायम गरेको छ ।

मङगलबार ९१ हजार २ सयमा कारोबार भएको सुनको मुल्य आज भने बढेर ९१ हजार ७ सयमा कारोबार भइरहेको जनाइएको । यो मुल्य हाल सम्मकै उच्च हो।

त्यसैगरी, तेजाबी सुनको मूल्य ९१ हजार २ सय ६५ ले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ। चाँदी भने हिजोको तुलनामा १५ रुपैयाले बढेर ९ सय ६० रुपैयाँमा कायम भएको छ ।