खेत जोत्‍ने क्रममा ट्याक्टरमा च्यापिएर सप्तरीका मण्डलको मृत्यु

Newslaya Home

खेत जोत्‍ने क्रममा ट्याक्टरमा च्यापिएर सप्तरीका मण्डलको मृत्यु

बुधबार १७, असार २०७७

राजविराज । सप्तरीको राजगढ गाउँपालिका–४ मा खेत जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ३० वर्षीय अनिलकुमार मण्डल रहेको जनाइएको छ ।

बुधबार बिहान घरदेखि ५०० मिटर दूरीमा आफैँले स १ त ५८७६ नम्बरको ट्याक्टर चलाएर खेत जोत्ने क्रममा च्यापिएर उनको मृत्यु भएको स्थानीयले बताएका छन्।

मण्डल सेभ द सप्तरीका कर्मचारीसमेत रहेको जनाइएको छ ।