लायन्स क्लबको आयोजनामा इटहरीमा वृक्षरोपण

Newslaya Home

लायन्स क्लबको आयोजनामा इटहरीमा वृक्षरोपण

बुधबार १७, असार २०७७

इटहरी । लायन्स क्लब अफ स्मार्ट सिटि र लायन्स क्लब अफ इटहरी एक्टिभको संयुक्त आयोजनामा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । बुधबार बिहान इटहरी–१३ स्थित मदन स्मृति आधारभूत विद्यालयमा वृक्षरोपण गरिएको हो ।

डिस्ट्रिक्ट फस्ट भाइस गभर्नर रेवतबहादुर कार्कीको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा ६० वटा बिरुवा रोपिएका थिए । आँप, अमला, अनार, कपुर, रुद्राक्ष जातका बिरुवाहरु रोपिएको लायन्स क्लब अफ इटहरी एक्टिभकी अध्यक्ष रञ्जु सिग्देलले जानकारी दिइन् ।