अबैध कारोबार गरेको आरोपमा इटहरीका एक व्यक्ति पक्राउ

Newslaya Home

अबैध कारोबार गरेको आरोपमा इटहरीका एक व्यक्ति पक्राउ

बुधबार १७, असार २०७७

इटहरी । प्रहरीले इटहरीका एक युवालाई अबैध कारोबार गरेको आरोपमा पक्राउ गरेको छ । भारतबाट अबैध रुपमा सुर्तीजन्य सामाग्री ल्याएको आरोपमा इटहरी–११ का सुरज चौधरी पक्राउ परेका हुन् ।

चौधरीले भारतबाट भन्सार छलेर अवैध रुपमा ल्याएको सुर्ति तथा गुटखाहरु लुकाई छिपाई संञ्चय गरी राखेको भन्ने गोप्य सुचनाको आधारमा सादा पोशाकमा रहेको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरीले चौधरीको साथबाट एक लाख साठी हजार बराबरको सुर्तिजन्य पदार्थ फेला पारेको छ ।