इटहरीमा मोटरसाईकल दुर्घटना हुँदा धरानका एक युवक घाइते

Newslaya Home

इटहरीमा मोटरसाईकल दुर्घटना हुँदा धरानका एक युवक घाइते

बुधबार १७, असार २०७७

इटहरी । इटहरी–२० तरहरामा मोटरसाईकल दुर्घटना हुँदा धरानका एक युवा घाईते भएका छन् ।

धरानबाट इटहरी आउँदै गरेको को ३८ प ३२६० नम्बरको मोटरसाईकल तरहराको पानीपियामा आफै अनियन्त्रित भई पल्टिदा मोटरसाईकल चालक धरान–१६ का रोजन लामिछाने घाइते भएका हुन् ।

लामिछानेको हात र ढाडमा चोट लागेको तरहरा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लामिछानेलाई उपचारका लागि धरानस्थित वीपी कोईराला विज्ञान प्रतिष्ठान पठाईएको प्रहरीले जनाएको छ ।