कोरोनाको औषधि बनाएको दाबी गरेको छैन : पतञ्जली

Newslaya Home

कोरोनाको औषधि बनाएको दाबी गरेको छैन : पतञ्जली

बुधबार १७, असार २०७७

नयाँदिल्ली । पतञ्जली आयुर्वेद कम्पनीले कोरोना भाइरसको औषधि बनाएको दाबी नगरेको बताएको छ ।

भारत उत्तराखण्डको आयुष मन्त्रालयद्वारा मागेको जानकारीमा उक्त संस्थाले आफ्नो पुरानो दावीलाई घुमाउरो पारामा फिर्ता लिँदै भनेको छ, ‘पतञ्जलीले कहिल्यै पनि कोरोना भाइरसको औषधि बनाएको दाबी गरेको छैन । तर आफ्नो औषधिले कोरोना भाइरस संक्रमित बिरामी निको भएको बताएको हो ।’

आयुष मन्त्रालयद्वारा प्रदान गरिएको अनुमतिपत्रअनुसार औषधि बनाइएको जवाफ मन्त्रालयलाई पतञ्जलीका कार्यकारी प्रमुख आचार्य बालकृष्णले दिएका हुन् ।

यसै महिनाको सुरूमा पतञ्जली आयुर्वेदले निम्स विश्वविद्यालयको सहकार्यमा कोरोनिल र स्वासारीवाती नामक औषधिको सार्वजनिक गर्दै यसले कोरोना भाइरस संक्रमित बिरामी निको भएको दाबी गरेको थियो ।