इटालीमा पौडी खेल्ने क्रममा डुबेर एक नेपालीको मृत्यु

Newslaya Home

इटालीमा पौडी खेल्ने क्रममा डुबेर एक नेपालीको मृत्यु

बुधबार १७, असार २०७७

काठमाडौं । इटालीमा एक नेपालीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । सिन्धुपाल्चोक घर भएका २८ बर्षिय किरण खरेलको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको हो ।

इटालीको मिलनमा बस्दै आएका खरेल पाभिया शहरमा रहेको तिसिनो नदीमा साथीहरुसहित पौडी खेल्न गएका थिए ।

उनको शव त्यहाँको स्थानीय अस्पतालमा पोस्टमार्टमका लागि राखिएको र पूर्ण रिपोर्ट आएपछि मात्र सम्बन्धित परिवारलाई जिम्मा दिने अस्पतालले जनाएको छ ।

मृतक खरेलको अन्तिम दाहसंस्कार इटालीमानै गर्ने वा नेपाल पठाउने भन्ने सन्दर्भमा छलफलपछी मात्र टुंगो लाग्ने एनाआरएन इटालीका उपाध्यक्ष छबिलाल कंडेलले जानकारी दिएका छन् ।

मृतक खरेल मिलानमा रहेको स्टारबक्स रिजर्भ कफिशपमा कार्यरत थिए ।