प्रधानमन्त्रीको राजीनामा मागेपछि बालुवाटारमा मन्त्रीहरूको आकस्मिक भेला

Newslaya Home

प्रधानमन्त्रीको राजीनामा मागेपछि बालुवाटारमा मन्त्रीहरूको आकस्मिक भेला

बुधबार १७, असार २०७७

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा शीर्ष नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि बालुवाटारमा मन्त्रीहरूको आकस्मिक भेला बोलाइएको छ ।

मंगलबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल लगायतले प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए ।

पार्टी बैठकमा प्रधानमन्त्रीको राजीनामा मागेपछि विकसित घटनाक्रमबारे छलफल गर्न ओलीले बुधबार बिहानै बालुवाटारमा मन्त्रीहरूको आकस्मिक भेला बोलाएका हुन् ।

सरकार र पार्टी सञ्चालनमा ओली असफल भएको आरोप लगाउँदै पार्टीका अधिकांश नेताहरूले ओलीको राजीनामा मागेका छन् । मंगलबारको बैठकमा शीर्ष नेताबीच नै चर्काचर्की परेको थियो ।