इटहरीको वेदान्त हस्पिटलमा डा.अन्जु देव र डा.निशा अधिकारीद्वारा सेवा प्रदान

Newslaya Home

इटहरीको वेदान्त हस्पिटलमा डा.अन्जु देव र डा.निशा अधिकारीद्वारा सेवा प्रदान

बुधबार १७, असार २०७७

इटहरी । सुनसरीको इटहरी–४ स्थित वेदान्त हस्पिटलमा स्त्री तथा प्रसुती रोग सम्बन्धी सेवा प्रदान गरिने भएको छ ।

पूर्वाञ्चलमै लामो समयसम्म काम गर्नुभएका अनुभवी तथा तालिम प्राप्त महिला विशेषज्ञ डा.अन्जु देव र डा.निशा अधिकारीले वेदान्त हस्पिटलमा दैनिक सेवा प्रदान गर्ने हस्पिटलका संचालक इन्द्र श्रेष्ठले बताए ।

हस्पिटलमा महिलाको सेतो पानी बग्ने, चिलाउने, पोल्ने, गनाउने, महिनावरी गडबडी, गर्भ चेकअप, बाँझोपन तथा अन्य कुनै पनि समस्याको रुपमा उपचार गरिने भएको छ ।

डा. अन्जु देव बाट दैनिक सेवा सुरु भएको छ भने डा. निशा अधिकारीले सप्ताहिक रुपामा सेवा दिने गरेको बेदान्त हस्पिटलले जानकारी दिएको छ ।