इरानको एक क्लिनिकमा विष्फोट हुँदा १३ जनाको मृत्यु

Newslaya Home

इरानको एक क्लिनिकमा विष्फोट हुँदा १३ जनाको मृत्यु

बुधबार १७, असार २०७७

काठमाडौं । इरानको राजधानी तेहरानको एक क्लिनिकमा विष्फोट हुँदा १३ जनाको मृत्यु भएको छ भने केही व्यक्ति घाइते भएका छन् ।

इरानको सरकारी मिडियाले एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै दिएको समाचार अनुसार सिना अतहर क्लिनिकमा ग्यास लिक भएर विष्फोट भएको हो । ती अधिकारीका अनुसार विष्फोटमा मृत्यु हुनेहरु धेरैजसो महिला छन् ।

विष्फोटपछि क्लिनिकमा आगो लागेको थियो ।