इटहरीका जीवन खनालको 'आत्महत्या' शंकास्पद

इटहरी । धरानको झापाली होटलमा झुण्डिएको अवस्थामा फेला परेका इटहरीका जीवन खनालको आत्महत्या शंकास्पद देखिएको छ ।
दुई दिनअघिसम्म पनि कुनै निराशाजनक कुरा नगर्ने खनाल झुण्डिएको भनिएको कोठाको ढोकासमेत खुलै रहेको उनका साथी जीवी गजलले बताएका छन् ।
भेन्टिलेसनमा तन्ना गाँठो पारेर पछाडीबाट झुण्डिएको छ । मुखमा मास्क लगाएको छ, खाटमा चाउचाउ र चस्मा छ । कोठको चुक्कुलपनि नलगाएको पाइएकोले शंकास्पद रहेको उनले बताए । ‘होटलमा सिसिटिभी नभएकोले मानिसहरुको आवतजावतबारे थाहा हुन सकेको छैन,’ उनले भने, ‘दिउँसो कोठामा होहल्लासमेत सुनिएका कुराहरु आएका छन् ।’
जग्गाको कारोबारसमेत गर्ने गरेका खनाल धरान पुगिरहन्थे । धरान पुगेका बेलामा उनी त्यही बस्ने गरेको होटल सञ्चालकले जानकारी दिएका छन् ।
‘१ बजेतिर पैसा रिसिभ गर्न आउनु भनेर साथीलाई मेसेज पनि गरेको रहेछ,’ गजलले भने, साँझ ४ बजेतिर झुण्डिएको खबर आयो ।