टिकटकमा प्रतिबन्ध लागेपछि भारतीय प्रयोगकर्ता निराश

Newslaya Home

टिकटकमा प्रतिबन्ध लागेपछि भारतीय प्रयोगकर्ता निराश

मङ्गलबार १६, असार २०७७

मुम्बई । भारतले टिकटकसहित चीनका ५९ वटा एप्समा प्रतिबन्ध लगाइदिएपछि भारतमा हंगामा मच्चिएको छ । टिकटकमा हजारौं भिडियो बनाएर स्टार बनेकाहरु निराश बनेका छन् ।

लाखौं फलोअर्स र हजारौं भिडियो गुमाएपछि उनीहरु निराश बनेका हुन् ।

भारतमा प्रतिबन्ध लागेपछि सामाजिक सञ्जालमार्फत टिकटक प्रयोगकर्ताले निराश व्यक्त गरेका छन् ।

उनले यो एक मनोरञ्जनको प्लेटफर्म भएको र टिकटकबाट प्रयोगकर्ताले तनाव कम भएको महसूस गर्ने गरेको बताए ।

कतिपयले भने भारत सरकारको यदि चीनसँग लडाइँ हो भने टिकटक मात्र नभएर सबै चीज बन्द गरिनुपर्ने बताएका छन् । धेरै टिकटक प्रयोगकर्ताले आफ्नो कला प्रस्तुत गर्ने माध्यमका रुपमा टिकटकलाई लिएका थिए ।

टिकटकबाट धेरै फलोअर्स भएका सेलिब्रेटीको कमाइ पनि हुने गर्थ्यो ।

पछिल्लो समय चीन र भारत राष्ट्रबीच सीमाको विषयलाई लिएर तनाव सिर्जना भएको छ । यही बेला मोदी सरकारले भारतमा लोकप्रिय चीनका एपमा प्रतिबन्ध लगाएको थियो ।