धरानको होटलमा इटहरीका जीवन खनाल झुण्डिएको अवस्थामा फेला

Newslaya Home

धरानको होटलमा इटहरीका जीवन खनाल झुण्डिएको अवस्थामा फेला

मङ्गलबार १६, असार २०७७

इटहरी । इटहरीका जीवन खनाल धरानको होटलमा झुण्डिएको अवस्थामा फेला परेका छन् ।

धरान १८ स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अगाडीको यति होटलमा उनी झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । इटहरी ५ शान्तिटोलका ३० वर्षिय जीबन खनालले धरानमा कोठा लिएर बसेका थिए ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतकाअनुसार उनी हिजो धरान पुगेर होटलमा बसेका थिए ।

मालपोत र अस्पतालमा काम छ भनेर उनी होटलमा बसेका थिए । थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।