उदयपुरमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

Newslaya Home

उदयपुरमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

मङ्गलबार १६, असार २०७७

उदयपुर । उदयपुरको बरुवा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।

मंगलबार (आज) दिउँसो पौडी खेल्न गएका त्रियुगा नगरपालिका–१३ का ३८ बर्षीय सन्तोष भुजेलको खोलामा डुबेर मृत्यु भएको हो ।

बरुवा खोलामा पौडी खेलिरहेको अवस्थामा अचानक डुबेर मृत्यु भएको भन्ने जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली खटि गई अनुसन्धान तथा कानूनी प्रकृया भईरहेको प्रहरीले जनाएको छ ।