सुनसरीमा थप दुई जनामा कोरोना संक्रमण पोजेटिभ

Newslaya Home

सुनसरीमा थप दुई जनामा कोरोना संक्रमण पोजेटिभ

मङ्गलबार १६, असार २०७७

विराटनगर । सुनसरीमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मंगलबार कोसी अस्पताल विराटनगरमा गरिएको परिक्षणको क्रममा थप दुई जनामा कोरोना पोजेटिभ देखिएको हो ।

आज संक्रमित हुनेहरुमा इनरुवा–३ का दुई जना पुरुष रहेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।