इलामको देउमाई खोलामा डुबेर एक युवाको मृत्यु

Newslaya Home

इलामको देउमाई खोलामा डुबेर एक युवाको मृत्यु

मङ्गलबार १६, असार २०७७

इलाम । ईलामको देउमाई खोलामा डुबेर एक युवाको ज्यान गएको छ ।

सोमबार दिउँसो देखि हराईरहेका देउमाई नगरपालिका–५ का २५ बर्षीय हरि प्रसाद चापागाई आज बिहान देउमाई खोलामा डुबिरहेको अवस्थामा मृत फेला परेका हुन् ।

खोलामा डुबेर मृत अवस्थामा रहेको भन्ने जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय मंगलवारेबाट प्रहरी टोली खटि गई अनुसन्धान तथा कानूनी प्रकृया भईरहेको प्रहरीले जनाएको छ ।