बराहक्षेत्र नगरपालिकासँग मोटरबोट सञ्चालन कार्यविधि नहुँदा प्रदेशले दिएको मटरबोट अलपत्र

Newslaya Home

बराहक्षेत्र नगरपालिकासँग मोटरबोट सञ्चालन कार्यविधि नहुँदा प्रदेशले दिएको मटरबोट अलपत्र

–बाबराम कार्की
मङ्गलबार १६, असार २०७७

बराहक्षेत्र । सप्तकोशी नदीमा पर्यटन वर्ष २०२० लाई लक्षित गरेर गत वर्ष ल्याइएको मोटरबोट संचालनमा नआउदै कोशी किनारमै थन्किएको छ ।

मन्त्री जगदिश कुसियतले एक वर्ष अगाडी उद्धघाटन गरेको बोट बराहक्षेत्र वार्ड नम्बर ९ लाई चलाउन दिएको थियो । सप्तकोशी नदीमा मोटरबोट चलाउने कार्यविधि बराहक्षेत्र नगरपालिकासँग नहँुदा बोट चलाउन नसकिएको वार्ड अध्यक्ष दिपक लिम्वुले वताए । उनले भने, ‘कार्याविधि नभइकन चलाउन मिल्दैन ।’

जल पर्यटनको लागि प्रदेश एकको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट दिएको मोटर बोट संचालनमा नआउदै बोटका समानहरु चोरी हुन थालेको स्थानीय थामबहादुर मगरले बाताए ।
१३ लाख लागतमा एक वर्ष अगाडी ल्याएको बोट उद्घाटन गरे देखि नै सञ्चालनमा नआउदा मोटर बोटको ब्याट्री र इन्जिनका सामानहरु हराउन थालेको मगरले बताए ।

वार्ड अध्यक्ष दिपक लिम्वु भन्छन्, ‘नगरपालिकाले सप्तकोशी नदीमा बोट सञ्चालन कार्याविधि बनाउनु पर्ने हो । मेयर खनालले बनाउछु पनि भन्नु भएको थियो । अहिले सम्म कार्यविधि बनेन र बोट सञ्चालनमा आउन सकेन ।’ उद्घाटन भएको बेला मेयर खनालले पाँच दिन भित्र सञ्चालन कार्यविधि दिन्छु भन्नु भएको थियो, अहिले सम्म दिनु भएन ।’ वडाध्याक्ष लिम्बुले भने ।

नगरपालिकाले व्यक्तिगत रुपमा सञ्चालन गर्नको लागि मात्र कार्यविधि दिएको थियो । त्यसमा दुई लाख डिपोजीट राख्नु पर्ने लगायतका कुरा थिए । वार्ड अध्यक्ष लिम्वुले मोटरबोट समितिबाट सञ्चालन गर्न भनेर खनाललाई भनेपनि समितिबाट सञ्चालन हुने कार्याविधि भने आएन । अहिले बोट राजावासको कोशी किनारको २६ ः ८८ स्पर अगाडि रहेको छ ।

यस विषयमा नगरपालिकाका प्रमूख प्रशासकीय अधिकृत राजेश प्रसाद पोखे्रलसँग बुझ्दा अहिले सम्म कार्याविधि किन बन्न सकेन त्यो आफुलाई पनि जानकारी नभएको उनले वताए ।
उनले भने, ‘नगरपालिकामा कुनै बोट सञ्चालन कार्याविधि बनाए जस्तो लागदैन ।’ कार्यविधि बनाउने जस्तो कुरा त्यसै लेखेर दिएर हुदैन, यसलाइ बनाउन समय लाग्छ । यसको अध्ययन गरेर र सञ्चालन भएका ठाउँहरुमा कसरी बनाएका छन् , बुझेर बनाउनु पर्छ ।’

बराहक्षेत्र नगरपालिका धार्मिक सांस्कृतिक र प्राकृतिक रुपमा महत्वपूर्ण पर्यटकीय स्थलको रुपमा रहेको छ । मोटरबोट सञ्चालनमा ल्याउन सके आन्तरिक र वाह्य पर्यटकहरु सप्तकोशीको जलयात्रा गर्दै कोशीटापुको चरा र अर्नाहरुको अवलोकन गर्ने पर्यटकहरु बढ्ने स्थानीयहरु बताउछन् ।

नगरकोे दक्षिण तर्फ रहेको चराहरुको राजधानीको नामले परिचित कोशी टप्पु वन्यजन्तु आरक्ष र उत्तरमा प्रसिद्ध तिर्थस्थल बराहक्षेत्र मन्दिर रहेको छ ।
पूर्वमा रामधुनी मन्दिर रहेको छ । पश्चिम तर्फ प्राकृतिक सौन्दर्यले भरिएको विभिन्न टप्पु र भंगाला सहितको सप्तकोसी नदी रहनुले पनि वराहक्षेत्र नगरपालिका पर्यटकिय स्थलको प्रचुर सम्भावना रहेको स्थानीय मेलमिलाप सहजकर्ता हरी प्रसाद भट्टराई बताउछन् ।

मोटर बोट सञ्चालनमा ल्याउन सके हिउदको समयमा चराका पारखी देखि कोशीटापु घुम्न आउनेहरुले बोटमै बसेर मनोरम दृष्यको अवलोकन गर्न पाउने थिए । आन्तरिक तथा वाह्य पर्यटक तान्ने एउटा गतिलो माध्यम बन्ने थियो ।