संखुवासभाका थप तीन जनामा कोरोना पुष्टि

Newslaya Home

संखुवासभाका थप तीन जनामा कोरोना पुष्टि

मङ्गलबार १६, असार २०७७

संखुवासभा । संखुवासभामा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मंगलबार कोसी अस्पताल विराटनगरमा गरिएको परिक्षणको क्रममा संखुवासभाको सभापोखरीका ३ जना जनामा कोरोना पोजेटिभ देखिएको हो ।

उनीहरु केही दिन अघि भारत, कुबेत र साउदीबाट आएर चैनपुर नगरपालिका स्थित पिलुवा क्वारेन्टिनमा बस्दै आएका थिए । यसअघि भारतबाट आएका खाँदबारी र पाचखपनका २ युवालाई संक्रमण देखिएको थियो । उनीहरु उपचार पछि घर फर्किसकेका छन् ।