आज थप ३१६ जनामा कोरोना पुष्टि, कुल संक्रमित १३ हजार ५६४

Newslaya Home

आज थप ३१६ जनामा कोरोना पुष्टि, कुल संक्रमित १३ हजार ५६४

मङ्गलबार १६, असार २०७७

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको कुल संख्या १३ हजार पाँच सय ६४ पुगेको छ ।

मंगलबार थप ३ सय १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

आज संक्रमित भएका मध्ये ७१ जना महिला र २४५ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

Image Not Found