कोरोना संक्रमित रहेको अस्पतालमा आगो लाग्दा ७ जनाको मृत्यु

Newslaya Home

कोरोना संक्रमित रहेको अस्पतालमा आगो लाग्दा ७ जनाको मृत्यु

मङ्गलबार १६, असार २०७७

काठमाडौं । मिश्रको एक अस्पतालमा आगो लाग्दा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कोरोना संक्रमणको उपचार गराईरहेका ६ जना पुरुष र एक महिला रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

मिश्रको उत्तर तटमा रहेको अलेक्जिेन्ड्रियास्थित एक निजी अस्पतालको कोरोना भाइरस कक्षमा आगो लाग्दा ६ जना कोरोना संक्रमित पुरुष एक कोरोना संक्रमित महिलाको मृत्यु भएको अलेक्जिेन्ड्रियाका गभर्नर मोहम्मद अल शरीफले बताएका छन् ।

नागरिक सुरक्षा विभागले यो आगो शर्ट सर्किटको कारण लागेको बताएको छ । उक्त घटनाबारे पुलिसले अहिले अनुसन्धान शुरु गरेको छ ।