चित्तलको मासु बेच्ने पक्राउ

Newslaya Home

चित्तलको मासु बेच्ने पक्राउ

मङ्गलबार १६, असार २०७७

वीरगञ्ज । चित्तलको शिकार गरि घरमा ल्याएर बेचिरहेको अवस्थामा एक शिकारीलाई पक्राउ गरिएको छ ।

नेपाली सेना र वन गस्ती टोलिले आफनै घरमा चित्तलको मासु बेचिरहेको अवस्थामा सखुवा पर्सौनी गाउँपालिका वडा नम्बर १ बस्ने ५० वर्षीय लक्ष्मण माझी मुसहरलाई हतियारसहित पक्राउ गरेको हो ।

यनलाई एक थान १२ बोरको बन्दुकसहित पक्राउ गरिएको डिभिजन वन कार्यालय पर्साका प्रमुख वन अधिकृत राजेश्वर मान श्रेष्ठले जानकारी दिए । पक्राउ परेका माझिलाइ आवश्यक कार्वाहीको लागि सव डिभिजन वन कार्यालय बढनियारमा राखिएको प्रहरीले जनाएको छ ।