भारतमा “आर्टिस्ट इन क्वारेन्टिन” नामक आर्ट फेस्टिवल हुने

Newslaya Home

भारतमा “आर्टिस्ट इन क्वारेन्टिन” नामक आर्ट फेस्टिवल हुने

मङ्गलबार १६, असार २०७७

काठमाडौं । रोटराक्ट क्लब अफ पाटन साउथले भारतस्थित रोटराक्ट क्लब अफ अम्बरनाथ, मुम्बई र रोटराक्ट क्लब अफ इस्ट कोस्टचेन्नईसँगको सहकार्यमा ‘आर्टिस्ट इन क्वारेन्टिन नामक आर्ट फेस्टिवल आयोजना गर्ने भएको छ ।

कोभिड–१९ महामारी र क्वारेन्टिनको विषयलाई आफ्नो रेखाचित्र, स्केच, पेंटिङ र डिजिटल आर्टद्वारा कलात्मक दृष्टिकोण प्रदान गर्न कलाकारहरुलाई फेस्टिबलमा सहभागी हुन आमन्त्रण गरिएको छ ।

कलाकारहरुले असार २८ अर्थात् जुलाई १४ सम्म आफ्नो कलाकृति पठाइसक्नुपर्नेछ । रोटराक्टले विज्ञप्तिमा भनेको छ, ‘प्रतियोगिताको निर्णय, हाम्रो निर्णायक मण्डलबाट नेपालका सम्मानीय कलाकार चिराग बांग्देल र भारतका कलाकार तन्हा परदेशीबाट हुनेछ । निर्णायक मण्डलद्वारा घोषणा गरिएको उत्कृष्ट कलाकृतिलाई नेपाल र भारतका प्रमुख पत्रपत्रिकाहरुमा प्रकाशन गरिनेछ ।’

इच्छुक कलाकारहरुले ब्यानरमा रहेको क्युआर कोड प्रयोग गरी आफूलाई रजिस्ट्रार गर्नुपर्ने र कृतिहरु इमेल (quarantinedartists@gmail.com) मा पठाउनुपर्नेछ।