करेन्ट लागेर भद्रपुरमा एक जनाको मृत्यु

Newslaya Home

करेन्ट लागेर भद्रपुरमा एक जनाको मृत्यु

मङ्गलबार १६, असार २०७७

झापा। भद्रपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

भद्रपुर नगरपालिका–१० का २६ बर्षीय राम हेमरनको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । सोमबार साँझ घर नजिकै रहेको सेति खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लाग्दा हेमरनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान कार्य भईरहेको जानइएको छ ।