भारतमा पछिल्लो २४ घण्टामा १८ हजार संक्रमित थपिए

Newslaya Home

भारतमा पछिल्लो २४ घण्टामा १८ हजार संक्रमित थपिए

मङ्गलबार १६, असार २०७७

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १८ हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १८ हजार ५२२ नयाँ संक्रमित फेला परेका हुन् । यससँगै भारतमा कोरोना संक्रमितको संख्या पाँच लाख ६६ हजार पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट ४१८ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १६ हजार ८९३ पुगेको छ ।