विवाहमा सहभागि भएका ९५ जना पाहुनामा कोरोना संक्रमण

Newslaya Home

विवाहमा सहभागि भएका ९५ जना पाहुनामा कोरोना संक्रमण

मङ्गलबार १६, असार २०७७

काठमाण्डौ । भारतको पटनास्थित एक विवाह समारोहमा सहभागी भएका ९० जना बढीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । गुरुग्रामका सफ्टवेयर इन्जिनियर ३० वर्षका बेहुलाको विवाहको दुई दिनपछि मृत्यु भएको छ ।

संक्रमणको लक्षण देखिएता पनि उनको कोभिड–१९ परीक्षण बिना नै अन्तिम संस्कार गरिएको छ । पटनाको जिल्ला प्रशासनलाई बेहुलाको मृत्यु भएको थाहा भएपछि उनका नजिकका आफन्तको कोरोनाभाइरस परीक्षण गरिएको थियो । जुन १५ तारिखमा आयोजित विवाहमा सरिक भएका १५ जनामा कोरोनाभाइरस पुष्टि भयो ।

त्यसपछि प्रशासनले कन्ट्याक्ट ट्रेसिङ सुरु गर्यो । सोमबार ८० जनाभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्रोतका अनुसार ३० वर्षे बेहुला मे १२ तारिखमा विवाहका लागि आफ्नो देहपाली गाउँ फर्किएका थिए । त्यतिबेला उनलाई कोरोनाभाइरसको लक्षण देखिएको थियो । लक्षणलाई वास्ता नगरी उनको परिवारले विवाहको कार्यक्रम अघि बढाए ।

विवाह गरेको दुई दिनपछि उनको स्वास्थ्य अवस्था नाजुक भएपछि अस्पताल पुर्याउने क्रममा नै उनको मृत्यु भएको हो ।