विराटनगरमा कालोपत्रे सडकमै टिपर भासियो

Newslaya Home

विराटनगरमा कालोपत्रे सडकमै टिपर भासियो

मङ्गलबार १६, असार २०७७

विराटनगर । विराटनगर–१० पिपलचौकमा रोकेर राखेकै ठाँउमा टिपर भासिएको छ । सडकमा रोकेर राखेको को १ क ३१७२ नम्बरको टिपर सोमबार साँझ सडकमा भासिएको हो ।

विराटनगर महानगरपालिकासँग आशिष निर्माण सेवा कम्पनीले सम्झौता गरि सडक निर्माण गरेको थियो । निर्माणमा कमसल सामाग्री प्रयोग गरिएका कारण टिपरको वजन थेग्न नसकेपछि चक्का भासिएको थियो । चालक टेकबहादुर बोहराका अनुसार केहिबेरका लागि रोकिएको टिपर एकाएक सडकमा भासिएको थियो ।