घट्यो सुनको मुल्य

Newslaya Home

घट्यो सुनको मुल्य

मङ्गलबार १६, असार २०७७

काठमाण्डौ । आज (मङगलबार) सुनको मुल्य एक सयले घटेको छ ।

हिजो सोमबार छापावाला सुनको मूल्य ९१ हजार ३ सयमा पुगेर ऐतिहासिक रेकर्ड बनाएको थियो भने आज मंगलबार १ सयले घटेर ९१ हजार २ सयमा कारोबार भइरहेको छ ।

त्यसैगरी, तेजाबी सुनको मूल्य ९० हजार ७ सय ६५ ले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ। यस्तै चाँदीको मुल्य यथावत रही प्रतितोला ९ सय ४५ रुपैयाँमा कायम भएको छ ।