आँधिखोला गाउँपालिकाले प्रतिकिलो ३०० रुपैयाँमा सलह कीरा किन्ने

Newslaya Home

आँधिखोला गाउँपालिकाले प्रतिकिलो ३०० रुपैयाँमा सलह कीरा किन्ने

मङ्गलबार १६, असार २०७७

काठमाडौं । स्याङ्जाको आँधिखोला गाउँपालिकाले सलह कीरा समातेर जिउँदो वा मृत ल्याएमा प्रतिकिलो ३०० रुपैयाँ दिने घोषणा गरेको छ ।

भारतका सीमावर्ती क्षेत्रबाट तराइँका जिल्ला हुँदै पहाडी जिल्ला पाल्पा पुगेको कीरा पाल्पाबाट स्याङ्जा समेत प्रवेश गरिसकेको छ । स्थानीय कृषकहरूमा हौसला बढाउन गाउँपालिकाले सलहको मूल्य तोकेको हो ।

आँधिखोला गाउँपालिका–१ पञ्चमुलमा सलहको झुण्ड देखिएको गाउँपलिकाका निमित्त प्रमुख प्रशाकीय अधिकृत गेदुराम ढकालले जनाए । उनले एक सूचना जारी गर्दै सलह ल्याउनेलाई प्रतिकिलो ३०० का हिसाबले तत्कालै नगद दिने निर्णय भएको समेत जनाएका छन् ।

साथै कीराबाट बालीमा हुने क्षति कम गर्न आगो बाल्ने, धुँवा लगाउने, थाल वा ड्रम, स्पीकर बजाएर ठूलो ध्वनि निकाल्ने लगायत विधि अपनाएर सलह भगाउन स्थानीयमा अनुरोध गरिएको छ ।