स्रोत नखुलेको ६५ लाख रुपैयाँसहित दुई जना पक्राउ

Newslaya Home

स्रोत नखुलेको ६५ लाख रुपैयाँसहित दुई जना पक्राउ

मङ्गलबार १६, असार २०७७

काठमाडौं । स्रोत नखुलेको ६५ लाख आठ हजार रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।

भारतीय नागरिक शङ्कर सिंह र बारा जितपुरका रमेश सिंहलाई काठमाडौ महानगरपालिका–१४ कुलेश्वरबाट पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ ।

पक्राउ परेका शङ्करसँग ६३ लाख र रमेशसँग दुई लाख आठ हजार बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौका प्रवक्ता, प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए । उनका अनुसार अवैध नगद कारोवार गरेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।