बंगलादेशमा डुंगा पल्टिँदा ३२ जनाको मृत्यु

Newslaya Home

बंगलादेशमा डुंगा पल्टिँदा ३२ जनाको मृत्यु

मङ्गलबार १६, असार २०७७

काठमाडौं । बंगलादेशमा डुंगा पल्टिँदा कम्तिमा ३२ जनाको ज्यान गएको छ । राजधानी ढाका नजिकैको नदीमा डुंगा पल्टिएको हो ।

बुरिगंगा नदीमा अर्को फेरीसँग ठोक्किएर दुर्घटना भएको हो । बंगलादेशको सबैभन्दा ठूलो बन्दरगाह सादरघाट नजिकै डुंगा दुर्घटना भएको उद्धारमा खटिएका अधिकारीले बताएका छन् ।

मध्य बंगलादेशको गाउँबाट कम्तिमा ५० यात्रु लिएर आएको डुंगा दुर्घटना भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । बंगलादेशमा यात्रु अधिक हुँदा बारम्बार फेरी दुर्घटनामा पर्ने गरेका छन् । फेरीका २० यात्रु अझै बेपत्ता रहेको बताइन्छ ।