इरानले ट्रम्पविरुद्ध जारी गरेको गिरफ्तार वारेन्ट इन्टरपोलद्वारा खारेज

Newslaya Home

इरानले ट्रम्पविरुद्ध जारी गरेको गिरफ्तार वारेन्ट इन्टरपोलद्वारा खारेज

मङ्गलबार १६, असार २०७७

काठमाडौँ । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध जारी गरेको गिरफ्तार वारेन्टलाई इन्टरपोलले खारेज गरेको छ ।

सोमबार इरानले आफ्ना सेनका जनरल कासिम सुलेमानीलाई यसै बर्षको जनवरी ३ मा बगदादमा ड्रोन आक्रमणमा मारेको आरोपमा ट्रम्पविरुद्ध गिरफ्तार वारेन्ट जारी गरेको थियो ।

इरानले गरेको रेड कर्नर नोटिस जारी गर्ने अनुरोधलाई इन्टरपोलले खारेज गर्दै ट्रम्पलाई गिरफ्तारको कुनै खतरा नरहेको जनाएको छ । इन्टरपोलले इरानको अनुरोधलाई कुनै विचार नगर्ने स्पष्ट गरेको छ ।

इरानको समाचार एजेन्सी आइएसएनएका अनुसार इरानले सुलेमानीलाई मारेको आरोपमा ट्रम्पसहित अन्य ३० जनालाई आरोपित बनाएको जनाएको थियो । तर ट्रम्प बाजेक अन्यको नाम भने सार्वजनिक गरिएको छैन ।

साथै इरानले ट्रम्पले यो आरोपलाई ट्रम्प राष्ट्रपतिको कार्यकाल सकिएपछि पनि लगाइरहने बताइएको छ ।

सुलेमानीको हत्यापछि इरानले यस घटनाका दोषीलाई कडा कारवाही गर्ने बताएको थियो । सोहि कारवाही अनुसार इरानले बगदादस्थित अमेरिकी सेनाको आधार शिविरमा समेत आक्रमण गरेको थियो ।

यसैबीच अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले भने इरानले परमाणु उर्जा एजेन्सीका निरिक्षकलाई इरान जान नदिएको आरोप लगाउदै इरानले केहि लुकाइरहेको बताएका छन् ।