आज पनि देशका अधिकांश स्थानमा वर्षा, झापा र मोरङमा चट्याङ पर्ने सम्भावना

Newslaya Home

आज पनि देशका अधिकांश स्थानमा वर्षा, झापा र मोरङमा चट्याङ पर्ने सम्भावना

मङ्गलबार १६, असार २०७७

काठमाडौं । आज देशभर धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का एक÷दुई स्थानहरूमा भने भारी वर्षाको सम्भावना छ ।

यी क्षेत्रहरू आसपासका नदीहरूमा पानीको बहाव बढ्ने, भू(क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुनसक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

यस्तै, आज झापा, मोरङ र पर्साका सीमावर्ती क्षेत्रमा चट्याङ पर्न सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन त्यस ठाउँका बासिन्दालाई आग्रह गरेको छ ।

महाशाखाले प्रदेश नं. १ का झापा र मोरङ्ग आसपास तथा प्रदेश नं.२ को पर्साको सिमाक्षेत्रमा चट्याङ्ग सहितको हल्कादेखि मध्यम वर्षा गराउने बादल विकसित भएको जनाएको छ ।