राई विधार्थी संघले सुरु गरेको पारुहाङ राई बचाउ अभियानलाई आर्थिक सहयोग जुट्न थाल्यो

Newslaya Home

राई विधार्थी संघले सुरु गरेको पारुहाङ राई बचाउ अभियानलाई आर्थिक सहयोग जुट्न थाल्यो

सोमबार १५, असार २०७७

इटहरी । विगत ३ बर्ष देखि ओस्टियोमाईलिटिस अर्थात गोडाको हड्डी कुहिएर टुक्रदै झर्ने रोग बाट पिडित पारुहाङ राईको उपचारको लागि आर्थिक सहयोग जुट्ने क्रम सुरु भएको छ ।

भोजपुरको रामप्रसाद राई गाउपालिका वडा नम्बर १ खेना घर भएका पारुहाङ राई बिगत ३ बर्ष देखि उक्त रोग संग लडिरहेको र उचित उपचारको अभावमा जिवन र मरणको अबस्थामा रहेको छ ।

पारुहाङको जीवन रक्षाको लागि किरात राई विधार्थी संघ केन्द्रीय कार्य समितिको अगुवाईमा पारुहाङ राई बचाउ अभियान सुरु भएको हो । सानैमा बाबुले छोडेको र आमा पनि नभएका १४ वषीय पारुहाङ राई इटहरी ५ पचरुखी स्थित पोखरी टोलमा आफ्नो सानिमाको शरणमा बस्दै आएको छ ।

चार जना दिदी बहिनी र दाजु भाइ रहेको पारुहाङको सानिमाको पनि आर्थिक अवस्था राम्रो नभएको साथै उहाँ आफै मुटुको रोगि भएका कारण उहाको आफ्नै उपचार चलिरहेको छ । पारुहाङ राई बचाउ अभियानलाई प्रारम्भिक चरणमा चागे धरती आमा कोष हङकङ शाखाका कोषाध्यक्ष दुर्गा आङ्बुहाङ ज्युबाट रु. २०,००० /- प्राप्त भएको छ ।

उक्त सहयोग रकम किरात याक्थुङ चुम्लुङ प्रदेश नम्बर १ का सचिव तथा उधोग बाणिज्य संघ इटहरिका सदस्य इन्द्रमाया आङबुहाङद्वारा पारुहाङ राई र उनलाई आश्रय दिइरहनु भएका सानीमा प्रबिना राईलाई सामुहिक रुपमा हस्तान्तरण गरिएको छ ।

ओखलढुङा घर भैइ हाल मलेसियामा रहनु हुने युवराज राईबाट रु ५००० /-, इटहरी निवासी उत्तम राई र अनिता राईबाट क्रमश रु. ५००० /- र रु १००० /- इटहरी स्थित पान्धारे चोक निवासी समीर राईबाट रु. २००० /- सहयोग प्राप्त भएको छ ।


साथै किरात राई विधार्थी संघका केन्द्रीय अध्यक्ष रामचन्द्र राईले रु. ५००० /- र संघको तर्फबाट २ बोरा चामल, ५ केजि दाल, २ लिटर खाने तेल र २ केजि नुन समेत हस्तान्तरण गरेका छन् ।
सबै सहयोगी मनहरुलाई अभियानको तर्फबाट हार्दिक कृतज्ञता अर्पण गर्दै किरात राई विद्यार्थी संघले थप आर्थिक सहयोगको लागि समस्त वुद्दिजिवी तथा समाजसेवीहरु, विभिन्न राजनितिक दलहरु, न्यायिक तथा सामाजिक संघ सस्थाहरु, स्थानीय, प्रदेश र संघीय सरकारलाई अनुरोध समेत गरेको छ ।

१४ वर्षीय बालक पारुहाङको थप उपचारको लागि आर्थिक संकलन अभियान स्वरुप सहयोग गर्न इच्छुक सहयोगी मनहरुले उपचारमा सहयोग पुर्याउन उनको सानीआमाको मोबाईल नम्बर ९८११०९१३५०/ ९८४००५२९६९ मा सम्पर्क गरी अर्थात एन आई सि एसिया बैङ्कको खाता नम्बर २५४५७५०८५५६२७००१ (2545750855627001)मा सहयोगको लागि रकम जम्मा गर्न सक्नेछन् ।
सहयोग गरिसके पछि आफ्नो सहयोगको बारेमा एक पटक अवश्य जानकारी गराउनुहोला । सहयोगको रिपोर्ट राख्ने परिवारले जनाएको छ ।