सुनसरीमा न्यायधीसका अंगरक्षकले आफ्नै कन्चटमा पेस्तोल हाने !

Newslaya Home

सुनसरीमा न्यायधीसका अंगरक्षकले आफ्नै कन्चटमा पेस्तोल हाने !

सोमबार १५, असार २०७७

इनरुवा । जिल्ला अदालत सुनसरीका न्यायधीस शंकर राईका अंगरक्षकले आत्महत्या गरेका छन् ।

राईको सुरक्षामा खटिएका अंगरक्षक प्रहरी हबल्दार ओमप्रकाश खतिवडाले सोमबार साँझ आफ्नो पेस्तोल कन्चटमा प्रहार गरेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

अदालत परिसरमै रहेका न्यायधीस निवासको छतमा प्रहरी हवल्दार खतिवडाले कन्चटमा गोली हानेका हुन् । गम्भिर अवस्थाका बिच उनलाई धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जनाइएको छ ।

मोरङको राजघाट घर भएका खतिवडाले आत्महत्या गर्नुको कारण खुलेको छैन ।