मन्त्री भुसालः सलह कक्रक्कै हुने अमेरिकी गीत संकलन गर्दैछौं

Newslaya Home

मन्त्री भुसालः सलह कक्रक्कै हुने अमेरिकी गीत संकलन गर्दैछौं

सोमबार १५, असार २०७७

काठमाडौँ । संगीतले सलहलाई लठ्याउने जानकारी पाएको उल्लेख गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले त्यस्तो गीत तथा संगीत झिकाउन लागिपरेको बताएका छन् ।

उनले ‘सलह कीरा कक्रक्कै हुने’ अमेरिकी हेभी मेटल म्युजिक ब्यान्डको गीत संकलन भइरहेको जानकारी दिएका छन् । सलह नियन्त्रणका लागि संगीत र गीत धेरै प्रभावकारी हुने चर्चा गर्दै मन्त्री भुसालले गीत संकलन गर्न लागिएको बताए । सलहले नियन्त्रणका विषयमा मन्त्रालय, प्रदेश र स्थानीय तहहरूले के–के गर्ने भनेर चाँडै निर्देशिका बनाइने पनि उनले बताए ।

मन्त्री भुसालले प्रदेश ५ सरकारले सलह किलोको २० रुपैयाँ र प्रदेशसभा सदस्यले एक सय रुपैयाँ दिन्छु भनेर बढाबढ गर्नु सुखद पक्ष भएको बताए ।