मेयर राईद्वारा सर्दु र खर्दु खानेपानीको मुहानको अनुगमन

Newslaya Home

मेयर राईद्वारा सर्दु र खर्दु खानेपानीको मुहानको अनुगमन

सोमबार १५, असार २०७७

धरान । धरान उपमहानगरपालिकाका मेयर तिलक राईले धरान फुस्रेमा रहेको र्यापिड स्ट्यान्ड फिल्टर र सर्दु खोलाको मुहानको अनुगमन गरेका छन् ।

धरान–१३ फुस्रेमा बनेको र्यापिड स्ट्यान्ड फिल्टरबाट अव देखि पानी फिल्टर गरेर मात्रै वितरण गर्ने र खोलामा पानीको स्रोतको अवस्था कस्तो छ भन्ने बारेमा मेयरले अनुगमन गरेका छन् । धरानवासीले धारामा धमिलो र लेदो पानी आउने गरेको र खानेपानी मा अनियमित तरिकाले वितरण गरिएको भन्नेबारेमा गुनासो आएपछि मेयरले सोमबार (आज) खानेपानीको अनुगमन गरेका हुन् ।

एकीकृत सहरी विकास आयोजना अन्तर्गत निर्माण भएको र्यापीड स्ट्यान्ड फिल्टरमा पानी सुद्धिकरण गरेर मात्रै पानी उपभोक्तालाई वितरण गर्न र सबै तिर समानरुपमा पानी वितरण गर्न मेयर राईले निर्देशन दिएका छन् ।

सर्दु र खर्दु खोलाको खानेपानीको मुहान र सेडिमेन्टेनसन टङ्कीको अवलोकन गर्न पुगेका मेयर राईले अबको केही दिनमै धरानमा शुद्ध खानेपानी वितरण हुने बताए ।