मोरङमा खेत जोत्ने ट्याक्टर पल्टिंदा खेतालाको मृत्यु

Newslaya Home

मोरङमा खेत जोत्ने ट्याक्टर पल्टिंदा खेतालाको मृत्यु

सोमबार १५, असार २०७७

विराटनगर । मोरङको धनपालथान–५ मा जोत्दै गरेको ट्याक्टर पल्टिएर एक जनाको मृत्यु भएको छ। को २ त ६२१८ नम्बरको खेत जोत्दै गरेको ट्याक्टर अपरान्ह पल्टिंदा वडा नम्बर–६ का २२ बर्षीय मोहमद सजाद मियालाई च्यापेको थियो ।

स्थानीय लखना रायको खेतमा धान रोपाइँ भएकाले सजाद खेतालाका रुपमा काम गर्न आएका थिए । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सजादको घटनास्थलमै मृत्यु भएको हो ।

बीउ काडेर रोपाइँस्थलमा पुर्‍याउन गएका सजादका बाबु नजिकै अर्को ट्याक्टरले खेत जोत्दै थिए । खेतमा व्यस्त कामदारहरुले सजादलाई बचाउन पल्टिएको ट्याक्टर उठाउने प्रयास गरे पनि सफल भएनन्।