कोरोना सङ्क्रमणबाट बङ्गलादेशका रक्षा सचिबको मृत्यु

Newslaya Home

कोरोना सङ्क्रमणबाट बङ्गलादेशका रक्षा सचिबको मृत्यु

सोमबार १५, असार २०७७

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बङ्गलादेशका रक्षा सचिबको मृत्यु भएको छ । संक्रमित रक्षा सचिब अब्दुल्लाह अल मोहसिन चौधरीको सोमबार मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्याममा प्रकाशित समाचारमा उल्लेख छ ।

जुन ६ मा कोरोना सङ्क्रमण पुष्टि भएपछि रक्षा सचिब चौधरीको ढाकास्थित संयुक्त सैन्य अस्पतालमा उपचार भइरहेको थियो । उनी मे २६ मा अस्पताल भर्ना भएका थिए । जुन १८ मा उनलाई इन्टेन्सिभ केयर यूनिट (आईसीयू)मा भर्ना गरियो । अवस्था नियन्त्रणमा नआएपछि उनको सोमबार बिहान मृत्यु भएको हो ।

बङ्गलादेशमा १ लाख ३७ हजार कोरोना भाइरसका सङ्क्रमित छन् । जसमध्ये १ हजार ७३८ जनाको मृत्यु भएको छ ।