१० हजार बढी कोरोना संक्रमित आइसोलेसनमा, ३ हजार १३४ जना निको भए

Newslaya Home

१० हजार बढी कोरोना संक्रमित आइसोलेसनमा, ३ हजार १३४ जना निको भए

सोमबार १५, असार २०७७

काठमाडौं । देशका विभिन्न जिल्लाहरूका आइसोलेसन कक्षमा १० हजार ८५ जना कोरोना भाइरसका संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट ३ हजार १३४ जना डिस्चार्ज भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै नेपालमा १२१ जना कोरोना भाइरसका संक्रमितहरु डिस्चार्ज भएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा मात्रै नेपालमा १ हजार ७९१ नमूना आरटीपीसीआर विधिबाट र १ हजार ८२२ नमूना आरडीटी विधिबाट परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

आजसम्म देशका विभिन्न स्थानमा ५७ हजार ३६८ मानिस क्वारेन्टाइनमा छन् ।