आज थप ४ सय ७६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३ हजार नाघ्यो

Newslaya Home

आज थप ४ सय ७६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३ हजार नाघ्यो

सोमबार १५, असार २०७७

काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप ४ सय ७६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।

संक्रमितमध्ये ३ हजार १ सय ३४ जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यस्तै, पछिल्लो २४ घण्टामा १ सय २१ जना डिस्चार्ज भएको गौतमले बताए ।