प्रदेश १ मा २२ प्रतिशत धान रोपाइँ

Newslaya Home

प्रदेश १ मा २२ प्रतिशत धान रोपाइँ

सोमबार १५, असार २०७७

विराटनगर । प्रदेश १ मा २२ प्रतिशत रोपाइँ भएको छ । आइतबारसम्म प्रदेश १ का १४ जिल्लाको धानखेती हुने क्षेत्रको २१.४८ प्रतिशत हेक्टरमा धान रोपाइँ भएको हो ।

प्रदेश १ मा ३ लाख ४० हजार ८ सय २९ हेक्टरमा धान खेती हुन्छ र जसमध्ये प्रदेशभर ७३ हजार २ सय २३ हेक्टरमा धान रोपाइँ भएको छ ।

प्रदेशममा ७९.५२ प्रतिशत क्षेत्रमा धान रोपाइँ हुन बाँकी छ । २ लाख २५ हजार ८ सय हेक्टर क्षेत्रफल भएको तराइँ क्षेत्रमा ४३ हजार १ सय १५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको निर्देशनालयले जनाएको छ ।

धानखेतीको क्षेत्र भनेर चिनिने मोरङमा ३० प्रतिशत, झापामा १५ प्रतिशत र सुनसरीमा २५ प्रतिशत रोपाइँ भएको छ।