बंगलादेशमा फेरी दुर्घटना हुँदा ३० जनाको मृत्यु

Newslaya Home

बंगलादेशमा फेरी दुर्घटना हुँदा ३० जनाको मृत्यु

सोमबार १५, असार २०७७

काठमाण्डौ । बंगलादेशको बुरीगंगा नदीमा फेरी दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छ।

सोमबार बिहान ५० जना भन्दा बढी यात्रु बोकेर फेरी मुन्सिगन्जबाट ढाकाका लागि गएको थियो। उक्त फेरी फरसगन्ज क्षेत्रमा मयुर–२ नामको अर्को डुङ्गासँग ठोक्किएको ढाका टाइम्सले जनाएको छ।

कोष्ट गार्ड मुख्यालयका मिडिया अफिसरले दुर्घटनामा परी मृत्यु भएका ३० जनाको शव फेला परेको पुष्टि गरेका छन्। फेरी दुर्घटना भएपछि केही यात्रुहरू पौडिएर किनारमा पुगेका थिए। दुर्घटनामा बेपत्ता भएकाहरूको खोजी भइरहेको छ ।