कोरोना सङ्क्रमण देखिएपछि चीनको हिबेई प्रान्तमा लकडाउन

Newslaya Home

कोरोना सङ्क्रमण देखिएपछि चीनको हिबेई प्रान्तमा लकडाउन

सोमबार १५, असार २०७७

काठमाण्डौ । चीनको हिबेई प्रान्तमा कोरोना सङ्क्रमण देखिएपछि कडा रुपमा लकडाउन गरिएको छ ।

लकडाउनको कारण झण्डै चार लाख मानिस प्रभावित भएका छन् । यो लकडाउन हिबेई प्रान्तको एनसिनमा लगाइएको हो, जुन राजधानी बेइजिङ नजिक पर्छ । गएको वर्षको अन्त्यतिर चीनबाट नै कोरोना सङ्क्रमणको सुरुवात भएको थियो तर त्यसपछि चीनमा सङ्क्रमणको दर कम हुँदै गइरहेको छ ।

तर सङ्क्रमणको दोस्रो लहरको आशङ्काको कारण कोरोनालाई लिएर सरकार सतर्क भएको छ । अन्य धेरै देशको तुलनामा कोरोना सङ्क्रमणको दर चीनमा निकै कम छ । तर पछिल्लो समय राजधानी बेइजिङमा सङ्क्रमण देखिन थालेपछि चिनियाँ अधिकारी चिन्तित बनेका छन् ।

चीनमा अहिलेसम्म ८३ हजार पाँच सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ भने चार हजार ६ सय ३४ जनाको ज्यान गएको छ ।